STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पचली भैरव क्षेत्रका पाटी पुननिर्माण आरम्भ

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण २१, बिहिबार

काठमाडौंको टेकु स्थित पचली भैरव परिसरमा दुई वटा फल्चा (पाटी) पुननिर्माणका लागि  शिलान्यास सम्पन्न भएको छ ।  महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको हो । ८९ लाख ५५ हजार लागतमा आउँदो बर्षको जेठ मसान्तभित्र पुननिर्माण सम्पन्न हुनेछ ।  

शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले आफू निर्वाचित भइसकेपछि सम्पदाको मर्मत, सम्भार र पुननिर्माण, संरक्षण, प्रवर्धन र पर्यटनसँग जोड्ने नीतिलाई प्राथमिकतामा राखेर काम थालनी गरेको बताउनुभयो । हामीले पुननिर्माण गरेका सम्पदा जुन समुदायको हो, त्यही समुदायलाई सञ्चालन र व्यवस्थापनका लागि जिम्मा लगाउँछौँ । अहिले पनि त्यही नीतिअनुरुप काम भइरहेको हो । यो हाम्रो अभियान हो भनि प्रमुख शाक्यले भन्नु भयो ।

महानगरले मूर्त सम्पदासँगै अमूर्त सम्पदाको अभिलेखीकरण गर्ने, सांस्कृतिक र सामाजिक चालचलनलाई प्रबर्धन गर्ने, परम्परागत नृत्य, बाजागाजाको संरक्षण र प्रवर्धन गर्ने कामका लागि गुठियारहरुसँग सहकार्य सहकार्य गरिरहेको छ ।

पचली भैरव परिपरि पाटीको पुननिर्माण नमोवुद्ध विल्डर्सले गर्नेछ ।

Categorized in उपत्यका