STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पठन संस्कृतिको विकास गर्न घुम्ती पुस्तकालय सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३०, बिहिबार

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले पठन संस्कृतिको विकासका लागि वडास्तरीय घुम्ती पुस्तकालय कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम तथा १२ औँ राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भमा ज्ञानोदयले पठन संस्कृतिको विकास र निरन्तर शिक्षा कार्यक्रमअन्तर्गत घुम्ती पुस्तकालय कार्यक्रम सञ्चालन गरेको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले बताउनुभयो । उहाँका अनुसार, कोहलपुर नगरपालिका–१४ बाट शुरु गरिएको कार्यक्रम नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिने छ । तीन दिनसम्म वडा नं १४ मा सञ्चालन भएपश्चात अर्को वडामा सञ्चालन हुनेछ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले पुस्तकालयले समय सान्दर्भिक र विशेष महत्वको कार्यक्रमको अवधारणा ल्याएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले कोहलपुर नगरपालिका क्षेत्रमा शैक्षिक विकासका लागि यो कार्यक्रम विशेष सहयोगी हुने अपेक्षा गर्दै नगर सूचना केन्द्रसमेत रहेको पुस्तकालयले नगर क्षेत्रको समग्र विकासमा टेवा पु¥याउँदै आएको बताउनुभयो । कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाको समन्वयमा हरेक वडामा कार्यक्रम सञ्चालन भएपछि कार्यक्रम सञ्चालन भएका वडामा शैक्षिक गतिविधि वृद्धि भई पठन संस्कृतिको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ । कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख अनन्तकुमार पौडेलले पुस्तकालयले सञ्चालन गरेको घुम्ती पुस्तकालय कार्यक्रमले घोषणा भएको साक्षर नगरलाई टेवा पुगेको बताउँदै हरेक व्यक्तिमा पुस्तक अध्ययन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
Categorized in राष्ट्रिय