STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रकारलाई लागूऔषधमा फसाउन खाेज्ने प्रहरी निलम्बनमा

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ८, मंगलबार

काठमाडौं - पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने नेपाल प्रहरीका दुई घुमुवालाई निलम्बन गरिएको छ ।  

रौतहटका पत्रकारद्वय मोजिबुल्लाह र शेख अतिउल्लाहलाई फसाउनका लागि प्रहरीकै योजनामा उनीहरु सवार मोटरसाइकलमा लागूऔषध राखिएको पुष्टि भएपछि निलम्बन गरिएकाे हाे ।

प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गत साउन ३२ गते मोटरसाइकलमा राखिएको लागूऔषध नाइट्राभेट १०५ ट्याब्लेटसहित पत्रकारद्वय मोजिबुल्लाह र शेखलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरु दुईजना निर्दोष पाइएको प्रहरीले जनाएको छ।

एसपी सिद्धिविक्रम शाहका अनुसार मोजिबुल्लाह र शेखलाई फसाउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सहसचिव संजय सहनीको निर्देशन उक्त मोटरसाइकलमा लागूऔषध राख्न लगाइएको थियो।

लागूऔषध राख्न सहनीले रौतहट माधवनारायण नगरपालिका-१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका-१ बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादवलाई प्रयोग गरेको पाइएको एसपी शाहले जानकारी दिए। लागूऔषध राखेपछि उनीहरुले रौतहटमै कार्यरत सादा पोशाकका असई उदयप्रसाद यादव र जवान मनोज साह कानुलाई बोलाई पक्राउ गर्न लगाएका थिए।

लागूऔषध राख्ने धिरज र जितेशलाई भने अपराधिक षड्यन्त्र लागूऔषध मुद्धामा अदालतबाट ७ दिनको म्याद लिएर अनुसनधान सुरु गरिएको छ ।

Categorized in अपराध-दुर्घटना