STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रकार जितेन्द्र महर्जन रिहा

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ३०, शुक्रबार

काठमाडाैं– नेपालभाषाको पत्रिका ‘न्हूगु जोजोलपा’का प्रधानसम्पादक एवं रेडियो मिर्मिरेका कार्यक्रम सञ्चालक जितेन्द्र महर्जन बिहीबार (फागुन २९ गते) जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट धरौटीमा रिहा भएका छन् । महर्जनलाई गत फागुन १४ गते कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको थियो । समाचार संकलन तथा प्रकाशनको काम सकेर कार्यलयबाट घर फर्कदै गरेको अवस्थामा कीर्तिपुरको नयाँबजारबाट पक्राउ गरी महर्जनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको थियो । पक्राउ परेको १५ दिनपछि उनलाई बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच हजार धरौटीमा रिहा गरेको हो । पत्रकार महर्जनको रिहाइका लागि जनपत्रकार संगठन नेपाल, नेपाल पत्रकार महासंघ काठमाडौं, नेपाल पत्रकार महासंघ मिर्मिरे प्रतिष्ठानलगायतका सम्बन्धित संघसस्था तथा सरोकारवालाले पहल गरेका थिए । महर्जन जनपत्रकार संगठन नेपालका काठमाडौं संयोजक समेत हुन् । यसअघि चैतमा पनि उनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेता भन्दै पक्राउ गरिएको थियो ।
Categorized in राष्ट्रिय