STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र २, आइतबार

काठमाडौं - परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री राणा भारत प्रस्थान गरेकी हुन्।

उनी भिस्तारा एयरलाइन्सबाट आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।

मन्त्री राणाको टोलीमा दक्षिण एसिया मामिला हेर्ने सह-सचिव भृगु ढुंगानालगायत अधिकारीहरू छन्। मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  परराष्ट्र सचिव सेवा लम्साल, सह-सचिव अमृत राईलगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले विदाइ गरेका थिए।

भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन्। दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको परराष्ट्र मन्त्रालयले जनाइएको छ। परराष्ट्रमन्त्री राणा ६ गते स्वदेश फर्किनेछिन् ।

Categorized in राष्ट्रिय