STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

परियोजना सञ्चालन क्षेत्र अवलोकन

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १७, आइतबार

गण्डकी प्रदेश सरकारको आयोजना एवं चीन सरकारको चाइना सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा सञ्चालन हुनलागेको गाईपालन परियोजना सञ्चालनका लागि शनिबार तनहुँको शुक्ला गण्डकी नगरपालिका–१२ मा स्थलगत अवलोकन गरिएको छ । गण्डकी प्रदेशका निमित्त प्रमुखसचिव गणेश पाण्डे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत ढकाल, गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका पदाधिकारीसहितको टोलीले परियोजना सञ्चालनस्थल अवलोकन गरेको हो । गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका सदस्य हर्क गुरुङका अनुसार टोलीले परियोजना सञ्चालनस्थल, त्यहाँको भूगोल, सम्भाव्यता एवं चुनौतीलगायतका विषयमा जानकारी लिएको थियो । चाइना सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा गण्डकी प्रदेश सरकारले सञ्चालन गर्ने गाईपालन परियोजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाका झग्रेडाँडा, जाउनेपन्ध्रे, झर्लाङी, चुनीडाँडालगायतका स्थानमा गाईपालन गर्न लागिएको गुरुङले जानकारी दिनुभयो । समुदायलाई गाईपालनमार्फत आर्थिक समृद्धितर्फ उन्मुख गराउने परियोजना सञ्चालन हुने तयारीसँगै स्थानीयवासी उत्साहित भएको उहाँले बताउनुभयो । परियोजना सञ्चालन गर्न लागिएको यो ठाउँ तनहँुको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किमी दूरीको सहस्राब्दी पदमार्ग मिलेनियम ट्रेक मा पर्दछ ।
Categorized in राष्ट्रिय