STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पर्वतको कुश्मामा पहिरो जाँदा ३ को मृत्यु, ६ बेपत्ता

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३२, आइतबार

काठमाडौं – पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको भने ६ जना बेपत्ता भएका छन् । पहिरोले दुईवटा घर पुरिएको छ । राति ९ बजे पहिरो गएको जनाइएको छ । प्रहरीले जनाएअनुसार मृत्यु हुनेहरुमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा छन् । बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।

फाइल तस्बिर

Categorized in राष्ट्रिय