पल शाहले प्रहरीसामु आत्मसमर्पण गर्ने
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १५, आइतबार
काठमाडौं - अभिनेता पल शाहले आजै प्रहरीसामु आफैं उपस्थित हुने दावी गरेका छन् । सामाजिक सञ्जालमा आइतबार स्टाटस लेख्दै शाहले यस्तो दावी गरेका हुन् । उनले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र घर व्यवहार मिलाउनु परेकाले समयमै प्रहरीसामु उपस्थित हुन नसकेको बताएका छन् ।
प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफी समेत मागेका छन्।
'मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म 'म यस्तो गीत गाउँछु २' गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरीसामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ,' उनले स्टाट्समा लेखका छन्।
उमेर नपुगेकी किशोरीलाई यौन शोषण गरेको आरोप उनीमाथि छ। ती किशोरीले दिएको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह (पूर्ण विक्रम शाह) फरार थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता पल शाह (पूर्ण विक्रम शाह)विरुद्ध पक्राउ पूर्जी जारी गरेपछि प्रहरीको सूचीमा उनी फरार रहेका हुन्।
Categorized in अपराध-दुर्घटना

