STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पशुपतिमा पुल भत्किँदा दुई जना घाइते

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १८, बुधबार

काठमाडौं - काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ । दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ । अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि फर्किएको छ ।

प्रहरीका अनुसार शिवरात्रीको दिन मंगलबार ७ लाख बढी दर्शनार्थी पशुपति आएको अनुमान छ ।

Categorized in अपराध-दुर्घटना