पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ११, आइतबार
हंसमण्डप र त्यसअघिको क्षेत्रमा पनि धेरै गिलासलगायत फोहर फालिएको थियो । महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपति क्षेत्रमा सयौँ सङ्घसंस्थाले सेवा दिए पनि तिनलेसमेत फोहर व्यवस्थापनमा ध्यान दिएनन् । कोषले ठाउँठाउँमा फोहर हाल्ने भाँडो राखिदिएको भए पनि पशुपति क्षेत्र कुरुप नहुने थियो । त्यसतर्फ पनि कमजोरी भएको देखिन्छ ।
कोषमा दर्जनौँ सफाइ कर्मचारी भए पनि शनिबार बेलुकीसम्म पशुपति क्षेत्रका मुख्यमुख्य ठाउँमै चिया र पानी खाएर फालिएका गिलासलगायतको थुप्रो टिपिएको छैन । वाग्मती किनार भने सफा देखिन्छ । जहाँ कोष, वाग्मती सफाइ महाअभियान, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायत १४ संस्थाको आयोजनामा शनिबार बिहानै ३५४औँ हप्ताको सफाइ गरिएको थियो ।
पशुपतिमा शनिबार पनि भक्तजनको चहलपहल बाक्लो थियो । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका साधुसन्त हेर्ने, मुख्य पर्वको दोस्रो दिन भगवान् पशुपतिनाथको दर्शन गर्ने उद्देश्यले हजारौँ भक्तजन पशुपति क्षेत्र पुगेका थिए । मूल मन्दिरभित्र रहेका नागाबाबा भक्तजनको विशेष आकर्षण बनेका थिए ।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका साधुसन्तलाई आइतबारदेखि दक्षिणासहित बिदाइ गरिने गुठी संस्थानले जनाएको छ । संस्थानले पशुपति क्षेत्र र थापाथली क्षेत्रका विभिन्न अखडामा बसेका साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि धुनीका लागि दाउरासहित खानापानको व्यवस्था पनि गरेको थियो ।
आइतबारसम्म यो व्यवस्था रहने संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले राससलाई जानकारी दिनुभयो । साधुसन्त व्यवस्थापनकै लागि यस वर्ष संस्थानले रु २४ लाख विनियोजन गरेको छ । कोषले पनि साधुसन्तका लागि खानपान, धुनीका लागि दाउरा बिदाइमा दान दक्षिणाका लागि सहयोग गर्ने जनाइएको छ ।
Categorized in अपराध-दुर्घटना


