STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिचानको राजनीति मूर्खताको पराकाष्ठा : प्रधानमन्त्री

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २९, बुधबार

काठमाडौं– मंगलबार गृहमन्त्रालयमा भएको ७० औँ प्रजातन्त्र दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । असन्तुष्टि जनाउने क्रममा प्रधानमन्त्री ओलीले पहिचानको राजनीति मुर्खताको पराकाष्ठा भएको आरोपसमेत लगाए । ओलीले सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि समेत जनाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीे ओलीले अधिकारका कुरामा लडाइँ गर्नुपर्छ भन्दै भने, “पहिचानको राजनीति मूर्खताको पराकाष्ठा हो । पहिचानको सवाल लिएर मारामार गर्ने । पहिचानको लडाइ गर्ने? हामीले हाम्रो राष्ट्रियता जोगाउने,राष्ट्रिय पहिचान, संस्कृति जोगाउने ।” ओलीले बाजागाजा नृत्य,धुन,चाडपर्वलाई जातीय पहिचान बनाउन नहुने पनि बताए । आजको ग्लोबलाइजेसनको जमानामा चाड, पर्व रितीथितीलाई जात बिशेषको बनाउन नहुने बताए । ओलीले लोकतन्त्र भनेको एउटा सभ्यतन्त्र भएको परिष्कृत र आवश्यक व्यवस्था भएको तर, मनपरी गर्न पाइने छाडा तन्त्र हो भन्ने जस्तो बुझई रहेको बताए । साथै सञ्चार माध्यममा देखिने भाषाको विषयमा टिप्पणी गर्दै ओलीले भने, “हाम्रो सञ्चार माध्यमलाई हजुर भन्दा साह्रै सानो भएजस्तो लाग्छ ।” ओलीले सञ्चार माध्यमलाई अंग्रेजीको कपी गरेर भाषा बिगारेको आरोप लगाए । यसलाई संस्कृतिमाथिको शालिनतापूर्ण हमला भएको बताउँदै सञ्चारमाध्यममा प्रयोग हुने भाषालाई लिएर टिप्पणी गरे ।
Categorized in राजनीति