STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिचान पक्षधरले चैत २४ मा जनआन्दोलन दिवस मनाउने

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं – नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खसाङ्ग राष्ट्रिय संघर्ष समिति र थारुहट–थारुवान राष्ट्रिय मोर्चाको वृहत छलफल बैठकले चैत २४ गते जनआन्दोलन दिवस मनाउने निर्णय गरेको छ । बैठकले काठमाडौंको शान्टिवाटिकामा जनआन्दोलन दिवस मनाउने निर्णय गरेको हो । कोरोना भाइरसको कारण पहिचानको आन्दोलन स्थगित गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ । नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुको समन्वयमा भएको छलफल बैठकमा पहिचान पक्षधर नेताहरु डा. महेशमान श्रेष्ठ, आर.के. राई र लक्ष्मण थारुलगायतकाले संविधान संशोधन गरी १३ वटा प्रदेश ल्याउन निरन्तर संघर्ष गरिरहनुपर्ने विचार राखेका थिए ।
Categorized in राष्ट्रिय