पहिरामा पुरिएका छमध्ये दुईको शव फेला
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २७, शुक्रबार
अविरल वर्षासँगै गएराति गएको पहिराबाट थबाङ गाउँपालिका वडा नं २ छेर्लोवाङमा पहिरामा परी पुरिएका छमध्ये दुई जनाको शव फेला परेको छ । पहिरामा पुरिएकी २८ वर्षीया फिरकुमारी बुढा र उहाँका चार वर्षीय छोरा असल बुढामगरको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
पहिरामा ४० वर्षीय जय बुढा, उहाँकी श्रीमती मूलज्योति बुढा र उनीहरुका दुई छोरीसमेत चार जना अझै बेपत्ता छन् । इलाका प्रहरी कार्यालय थबाङको एक टोलीले उद्धारको काम गरिरहेको बताइएको छ । उक्त टोलीलाई थप सहयोग र उद्धार गर्न इलाका प्रहरी कार्यालय थबाङ, प्रहरी चौकी रानागाउँ र खरिबोटबाटसमेत थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक गुरुङले जानकारी दिनुभयो । पहिरामा परी दुई घर र केही गोठ पनि पुरिएका बताइएको छ । पहिरामा गाई भेडाबाख्रा पुरिएका हुनसक्ने स्थानीय मौसम रोकाले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना