STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिरोपीडितलाई आर्थिक सहयोग

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १२, बिहिबार

जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन् । अष्ट्रेलिया, जापान र दुबईमा रहेका दोलखाली युवाहरुले पहिरोपीडितका लागि आर्थिक सहयोग गरेका हुन् । दोलखा समाज जापानका महासचिव रोशन थापाको अगुवाइमा सङ्कलन भएको रु एक लाख, अष्ट्रेलियामा रहेका जिल्लाका युवा राजकुमार खड्का र विष्णु थापाको पहलमा सङ्कलन भएको रु एक लाख २७ हजार ३३० र दोलखाली समाज युएईका अध्यक्ष नवराज बस्नेत र महासचिव सन्तोष भुजेलको अगुवाइमा सङ्कलन भएको रु ४१ हजार ५९२ र सोही समाजका सचिव लोकप्रसाद दाहालको अगुवाइमा सङ्कलन भएको रु २७ हजार ५०५ गरी रु दुई लाख ९६ हजार ४२२ पहिरोपीडितलाई सहयोग गरेको दोलखा समाज जापानका महासचिव रोशन थापाका दाजु राजेश थापाले जानकारी दिनुभयो । बुधबार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बीच सहयोगवापत प्राप्त रकम गाउँपालिकाकी उपाअध्यक्ष उर्मिला थामीलाई हस्तान्तरण गरिएको थियो । रकम पहिरोपीडितको राहत र पुनःनिर्माणका लागि राहत कोषमा जम्मा गरिने उपाअध्यक्ष थामीले जानकारी दिनुभयो । कार्यक्रममा पूर्वराज्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दोलखाकी इन्चार्ज देवी खड्का र प्रदेशसभा सदस्य विशाल खड्काको उपस्थितिमा रकम हस्तान्तरण गएिको थियो ।
Categorized in राष्ट्रिय