STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिरोमा तीन जनाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १५, आइतबार

जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि टोली खटिएको, सशस्त्र प्रहरी पनि खटिएको उहाँले बताउनुभयो । अहिले घटनास्थलमा उद्धारकार्य जारी छ ।
Categorized in राष्ट्रिय