STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिरोले २ वटा बस पुर्‍यो, १४ जनाको शव निकालियो

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १३, आइतबार

धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिबेँसी नगरपालिका–९, झ्याप्ले खेलामा पहिरोले पुरिएका दुईवटा सार्वजनिक सवारी साधनबाट १४ जनाको शव निकालिएको छ। 

८ पुरूष, ५ महिला र १ बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएको अवस्थामा लु १ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको अर्को बसबाट ९ जना गरी १४ जनाको शव निकालिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। पुरिएको माइक्रोबस बुटवलबाट शुक्रबार बिहान छुटेको बताइएको छ। शुक्रबार राति नै पुरिएको भए पनि शनिबार साँझ मात्रै गाडीसम्म प्रहरी पुगी यात्रुको शव निकालिएको हो।

हालसम्म प्राप्त विवरणअनुसार पश्चिम नेपाल बस व्यवसायी समितिको बुटवलस्थित टिकट काउन्टरबाट ९ जनाले टिकट काटेका थिए। जसमध्ये बुटवल कालिकानगरका ३, देवीनगरका ३ र सुख्खानगरका ३ जना थिए। गाडी चालक रमेश लुइँटेलले हाँकेका थिए।

देशका विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुंगा सडक ठाउँठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ।

निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ। झ्याप्लेखोला आसपास फसेका धेरै गाडीका यात्रुले लामो समयदेखि उद्धारका लागि हारगुहार गरिरहेका थिए। तीमध्ये कतिपय भागेर ज्यान जोगाएका थिए। उनीहरु पैदलै काठमाडौँ आइपुगेका छन्।

Categorized in अपराध-दुर्घटना