पाँचौ अमिन नेशनल म्युजिक अवार्डमा शुद्ध लक्ष्मी श्रेष्ठ र जय लक्ष्मी सिद्धि पुरस्कृत
Janjati Khabar – Janjati Khabar | २०८३ बैशाख १, मंगलबार
नेपाल संगीत उद्योग संघद्वारा आयोजित “५औं AMIN National Music Award 2026 Grand Finale” भव्य रूपमा सम्पन्न भएको छ।
राजधानीस्थित नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा सम्पन्न उक्त कार्यक्रममा नेपाली संगीत क्षेत्रका विभिन्न विधामा उत्कृष्ट स्रष्टा तथा कलाकारहरूलाई सम्मान गरिएको थियो।
यसै अवसरमा दिपक विवश आँशुको शब्द तथा संगीतमा रहेको “आँखैमा गाजल ओठमा लाली” बोलको गीतले विशेष सफलता हात पारेको छ। उक्त गीतमार्फत गायिका शुद्ध लक्ष्मी श्रेष्ठले जुरी अवार्ड जित्न सफल भएकी छन्।
गायिका श्रेष्ठको सुमधुर स्वर, प्रस्तुतिमा देखिएको आत्मविश्वास तथा गीतको भावनात्मक गहिराइले निर्णायक तथा दर्शक दुवैलाई प्रभावित बनाएको आयोजकले जनाएको छ।
गीतका सर्जक दिपक विवश आँशुले पनि यस सफलतालाई सम्पूर्ण टिमको मेहनत र दर्शक-श्रोताको मायाको प्रतिफल भएको बताएका छन्।
यसका साथै निर्देशक रचनाकार पवन जोशीकाे रचना रहेको "राजमति कुमति हँ छु पहःम्ह मिजं व" गीतबाट सर्वोत्कृष्ट नेपाल भाषा गायिकामा जय लक्ष्मी सिद्धि बज्राचार्य ले नेवाः भाषा तर्फबाट उत्कृष्ट अवार्ड जित्न सफल भएको छ।
कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो भने संगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस अवार्डले नेपाली संगीत क्षेत्रमा सक्रिय स्रष्टा र कलाकारहरूलाई थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
Categorized in साहित्य-कला

