पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक २४, सोमबार
नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको बार्षिक कार्यक्रम अनुसार ककनि अन्तराष्ट्रिय ट्रेनिङ्ग सेण्टर, नुवाकोटमा कार्तिक २२र २३ गते गरी २ दुई दिने “पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार–२०२०” हालै सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवालले प्रमुख आतिथ्यको रुपमा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गर्नु भएको थियो । उहाँले मन्तव्यको क्रममा अहिले विश्वब्यापी रुपमा फैलिरहेको कोभिड–१९ ले समग्र खेलकुद क्षेत्रलाई नै प्रभावित गरिरहेको छ र यो विषम परिस्थितिको समय संग उच्च मनोबलका साथ लडने र सजगताका साथ दैनिक खेलकुद गतिविधिलाई संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
विश्व क्योकुशिन काई कराँतेका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा संचालन गरिएको उक्त सेमिनारमा स्वागत मन्तब्य संघका महासचिव तथा प्रशिक्षक प्रविण बस्नेतले व्यक्त गर्नुभएको थियो भने सो सेमिनारमा नेपाल भरीको ३५ वटा डोजो प्रमुखहरुको सहभागिता जनाएका थिए ।
मिसः नेवा प्रजिता श्रेष्ठद्धारा उदघोषण गरिएको उक्त सेमिनारमा सहभागिहरुलाई स्वयं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवद्धारा “Sports psychology and leadership development" बिषयमा presentation दिनुभएको थियो भने राष्ट्रिय खेलकुद परिषद्बारा उपलब्ध गराईएको प्रशिक्षकहरु डा.मनोज के.सी.द्धारा “sports and exercise medicine" बिषयमा, प्रशिक्षक रिता प्रजापतिद्धारा “sports management and nutrition" बिषयमा, प्रशिक्षक तथा संघका उपाध्यक्ष समाजसेवी हेमा मानन्धरद्धारा “Self conficence and Human Being" विषयमा wkko kyokushin karate international referee and instructor सिहान अशोक कुमार श्रेष्ठद्धारा "Karate techniques and technology" बिषयमा प्रस्तुति गर्नुभएको थियो ।
विश्व क्योकुशिन काई कराँतेका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठद्धारा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवाललाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने प्रमुख अतिथीद्धारा सेमिनारमा सहभागिहरु तथा सहयोगीहरुलाई प्रमाणपत्र तथा प्रशंसापत्र बितरण गर्नुभएको थियो । उक्त कार्यक्रममा मिसःनेवा ११३९को बिजेता नितु डंगोलले बिशेष आतिथ्यता ग्रहण गर्नु भएको थियो भने अतिथीहरुमा संघका कानुनी सल्लाहकार तथा प्रशिक्षक ज्योति फुयाल तथा सल्लाहकार सोनी लामिछाने रहनुभएको थियो ।
सो सेमीनारको समापन समारोहमा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवालद्धारा सेमीनारमा सहभागी कोचहरुलाई अन्तरक्रिया गर्ने क्रममा कोचहरुद्धारा यस्तो सेमीनारहरुले खेलाडी तथा कोचहरुको मनोबल बढ्ने तथा फुलकन्ट्याक्ट कराँते जस्तो डरलाग्दो कराँतेको अभ्यास तथा प्रतियोगिताको क्रममा हुनसक्ने घाउ चोटपटक तथा घटनाहरुलाई कसरी तत्काल निराकरण गर्ने जस्ता विषयमा तालिम दिनुभएकोमा संघ तथा रा.खे.प.लाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
Categorized in खेलकुद

