STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान गरिने

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ २०, आइतबार

नेपाली भाषासाहित्यको सिर्जनामा साढे छ दशक अघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान वरिने भएको छ ।

वानीरा फाउन्डेसनका  सदस्यसचिव  नरेन्द्रराज प्रसाईले जानकारी दिए अनुसार सो संस्थाले यस वर्ष चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको गौरव बढाएबापत  शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गर्ने  भएको छ ।

सय नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेका छन् ।

यस्तैगरी कविता सिर्जनाका माध्यमबाट सदैव समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत कविवर कृष्ण बाउसेलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ प्रदान गर्ने भएको छ ।

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा शनिबार बसेको फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको कुरा सदस्य सचिव प्रसाइले बताएका छन् ।

Categorized in साहित्य-कला