पाकिस्तानमा ५।८ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा तीनको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ७, मंगलबार
भूकम्पको केन्द्रविन्दु रहेको मिरपुरमा सबैभन्दा बढी घाइते भएका रिपोर्टहरूमा उल्लेख गरिएको छ । उद्धार गरिएका सबै घाइतेलाई स्थानीय अस्पतामा उपचारका लागि पठाइसकिएको छ भने सरकारले उक्त क्षेत्रमा सेनासहितको टोलीलाई उद्धारका लागि पठाएको छ ।
भूकम्प र त्यसपछि पराकम्पन आउनसक्ने भयका कारण हजारौँ पाकिस्तानीहरू घर छोडेर खुला आकासमुनि सडक र खाली जमिनमा भेला भएका छन् ।
झड्का पाकिस्तानको पञ्जाव तथा ख्यबर पाक्थुङ्ख्याका केही भागमा प्रष्ट महशुस गरिएको छ । यस्तै भूकम्पको झड्का भारती सीमा क्षेत्रका साथै राजधानी दिल्लीमा पनि महशुस गरिएको छ ।
भूकम्पका कारण पाकिस्तानी क्षेत्रमा सडक, मोवाइलका टावरहरू, विद्युतका खम्बाहरूलाई क्षति पुगेको बताइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय


