STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाकिस्तानले लकडाउन हटाउने

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २५, बिहिबार

काठमाडौं (एजेन्सी) – पाकिस्तानमा कोरोना भाइरसका संक्रमित बढिरहे पनि पाक सरकारले शनिबारदेखि लकडाउन हटाउने निर्णय गरेको छ । बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले नागरिकहरूलाई दुःख भएको भन्दै लकडाउन हटाउने निर्णय गरिएको बताएका छन् । लकडाउन हटे पनि घरबाट निस्किने हरेक नागरिक, सञ्चालन हुने पेसा व्यवसाय र उद्योगले निश्चित मापदण्ड पालना गर्नुपर्ने बताउँदै खानले पछि कोरोना भाइरसका संक्रमित बढे फेरि लकडाउन हुने बताएका छन् । लकडाउन खुले पनि सार्वजनिक यातायात, हवाई र रेल सेवा तथा विद्यालयहरु भने अहिलेलाई बन्द नै गरिएका छन् । समाचारपत्र द डनका अनुसार पाकिस्तानमा बिहीबारसम्म २४ हजार ६ सय ४८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने ५८५ जनाको मृत्यु भएको छ ।
Categorized in अन्तर्राष्ट्रिय