STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पामिला उपन्यासको अडियो–बुकले पुरा गर्यो दुई वर्ष

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ६, मंगलबार

विजयरत्न असंबरे
नेपालभाषाका लोकप्रिय उपन्यासकार राज सायमिको सामाजिक उपन्यास ‘पामिला’को अडियो बुकले दुई वर्ष पुरा गरेको छ । दुई वर्ष अगाडि सार्वजनिक भएको यो श्रव्य पुस्तक को प्रकाशन कुतः पिकाकःले गरेको हो । नेपालभाषा को वाङमय क्षेत्रमा करिब ३०० कृति प्रकाशन गरिरहेको कुतः प्रकाशनले आफ्नो २३८ औं प्रकाशनका रुपमा २ बर्षअघि यो पामिला उपन्यास सार्वजनिक गरेको थियो । नेपालभाषामा जासुसी उपन्यासकारका रुपमा स्थापित सायमिको ‘योम्ह शत्रु’, ‘मखुगु रहस्य’, ‘ग्यानापुगु छेँ’, ‘कनेमज्यूगु बाखं’, ‘मुसुकाःगु ख्वबि’, ‘न्ह्यायेदुगु सर्गः’, ' तुयुगु अजः' र ‘मृत्यु महल’ नेपालभाषा का चर्चित जासूसी उपन्यास हुन् र उपन्यासकार सायमि को नेपाली भाषाको उपन्यास ‘पर्दाभित्रको रहस्य’ पनि प्रकाशन भइसकेका छन् । नेपालभाषा को वाङमय क्षेत्रमा जासूसी उपन्यासकार का रुपमा ख्याति कमाएका राज सायमिद्वारा सामाजिक उपन्यास का रुपमा लिखित अनि समाजको कारुणिक चित्रण रहेको उपन्यास ‘पामिला’को अडियो बुकमा सुमधुर स्वरका धनी लोकप्रिय रेडियोकर्मी सुरजवीर बज्राचार्यले आवाज प्रदान गरेको छ भने निर्माण पनि उनले नै गरेका हुन् । यो श्रव्य सामाग्री प्रकाशन भएको दुई वर्ष पुरा गरेको अवसर पारेर यसको पूर्ण पाठ रेडियो सगरमाथा एफएमबाट प्रसारण गरिएको थियो ।

उपन्यास सुन्न यहाँ क्लिक गर्नुहाेला

Categorized in सिनेमा