STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने तयारी छ ः अध्यक्ष दाहाल

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३१, मंगलबार

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा बाँकी रहेका काम आजै सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभएको छ । ललितपुर पार्टी कमिटीको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उहाँले असार मसान्तभित्र एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणाअनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुङ्गो लगाउने तयारी गरिएको बताउनुभयो । अध्यक्ष दाहालले सकेसम्म आजै कार्यविभाजन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी, विभाग र आयोग टुङ्ग्याउने तयारीमा रहेको बताउनुभयो । “मूलभूत रुपमा आज हामी बाँकी काम टुङ्ग्याउँछौँ”, उहाँले भन्नुभयो, “सचिवालय, स्थायी कमिटी बसेर त्यसलाई अन्तिम रुप दिने छाँै । ढिलै भए पनि केन्द्रीय कमिटीको बैठक बसेर केन्द्रीय कार्यक्रम र अभियान बनाएर देशव्यापी अभियानमा जानेछाँै ।” केही महीनाभित्र पार्टी कमिटीलाई जनतासँग जोड्ने गरी अभियान सञ्चालन गरिने उहाँको भनाइ थियो । देशभित्र र बाहिर दुई पार्टीबीच भएको एकतालाई असफल पार्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले कसैको दयामायाले आफूहरुले एक्लै दुई तिहाइ मत नपाएको प्रस्ट पार्नुभयो । “हिजोका राजा महाराजाको दयामायाले हामी यो स्थानमा आएका होइनौँ”, उहाँले भन्नुभयो, “हामीले लडेर, सङ्घर्ष गरेर, जनतासँग एकाकार भएर, जनताको भावना र आवश्यकतालाई सम्बोधन गर्ने प्रक्रियामा त्याग, तपस्या र बदिलानका थुप्रै कीर्तिमान कायम गर्दै खोसेर लिएको हो ।” उहाँले देशको स्थायित्व र आर्थिक समृद्धिका लागि पार्टी एकता आवश्यकता छ भन्ने बोध गरेर मात्र दुई पार्टी एकता गरिएको प्रस्ट पार्नुभयो । “प्रलोभन, धम्की र घेराबन्दी पार गरेर पार्टी एकता गरिएको होइन, पार्टी एकता खल्बल्याउने देशी–विदेशी प्रतिक्रियावादीको षड्यन्त्र हामीले परास्त ग¥यौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “हाम्रा उम्मेदवार, घोषणापत्र र पार्टी एकता गर्ने सङ्कल्पलाई देशैभरि जनताले अनुमोदन गरेका छन् ।” उहाँले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । अध्यक्षले जनताले विश्वास गरेर दुई तिहाइ प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहनाअनुसार काम गर्नुपर्ने चुनौती रहेको पनि दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “हामी कम्युनिष्टहरूलाई हराउने भनेको हामीभित्रको अहङ्कार हो । प्रतिक्रियावादीले हामीलाई हराउन सक्दैन ।” उहाँले शोभियत सङ्घ र युरोपका कम्युनिष्ट पार्टी पतन भएको आन्तरिक कारण नै प्रमुख रहेको बताउनुभयो । जनताको मन जित्ने गरी सम्पूर्ण नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिँदै उहाँले असल व्यवहार, आचरण देखाए मात्र जनताले समर्थन गर्ने बताउनुभयो ।
Categorized in राष्ट्रिय