STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पार्टी एकता चिनी पानीको मिश्रण मन्त्री विष्ट

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ४, बुधबार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टीबीचको एकीकरण चिनी पानीको मिश्रण जस्तै भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गलकोट नगर कमिटिले आज हटियामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेकपाका नेता तथा मन्त्री विष्टले पार्टी फुट्ने कुरा इतिहासले नस्वीकार्ने भन्दै नेकपाको एकता बालुवा पानीको मिश्रण नभएर चिनी पानीको मिश्रण भएको बताउनुभयो । उहाँले सरकारले समृद्धिको जग बसाल्न सफल भएको भन्दै कार्यकर्तालाई धैर्य रहन आग्रह गर्नुभएको थियो । उहाँले सिङ्गो पार्टीपङ्ति तथा कार्यकर्तालाई सरकारले गरेको राम्रा कामको प्रचारप्रसार गरी उपयुक्त सुझाव प्रदान गर्न आग्रह गर्नुभएको थियो । मन्त्री विष्टले यही वैशाख १ गते गलकोटको विभिन्न क्षेत्रमा बाढीले पु¥याएको क्षतिको विवरणका बारेमा आफूले अध्ययन गरेर राहत प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय