STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पार्टी कार्यालयमा तालाबन्दी भएपछि नेकपाका दुई पक्षबीच हात हालाहाल

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १२, आइतबार

काठमाडौं – कञ्चनपुरमा नेपाल कम्युनिष्ट पार्टीका दुई पक्षबीच हात हालाहाल भएको छ।

नेकपाको जिल्ला कार्यालय महेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ताला लगाएपछि प्रचण्ड–नेपाल पक्षले ताला खोल्न खोजेको थियो।

त्यही क्रममा भीडमा एकअर्कालाई धकेलाधकेल भएपछि विवाद भएको बुझिएको छ।

प्रचण्ड–नेपाल पक्षका नेता तारा तामाङले आवेशमा आएका कार्यकर्ताहरूबीच सामान्य विवाद भएको बताए।

ओलीका पक्षका एक नेताले नेकपा विभाजनतिर गएपछि न्यायालयले यसबारे प्रस्ट निर्णय नदिएसम्म कुनै पनि कार्यक्रम हुन नदिने बताए। उनले तारा लामा तामाङको नेतृत्वमा ताला लाउने भन्ने सूचना पाएपछि पहिले नै आफूहरूले ताला लाउनु परेको बताए।

प्रचण्ड–नेपाल पक्षका एक नेताले भने प्रहरीको सहयोगमा केपी ओली पक्षकाले ताला लगाएको आरोप लगाएका छन्। उनले तत्काल ताला खोल्नु पर्ने माग राखे।

अहिले पार्टी कार्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।

Categorized in राजनीति