STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाल्पाको तानसेन शहर र काठमाडौको भित्री सहरी क्षेत्रका आचरण धेरै मिल्छन् — मेयर शाक्य

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर १६, मंगलबार

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले तानसेन नगरपालिका र काठमाडौं महानगरको भित्री सहरी आचरण धेरै मिल्दाजुल्दा रहेको बताउनुभएको छ । तानसेन   नगरको सभा कक्षमा आयोजना गरिएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले असन, मखन, ब्रह्मटोललगायत टोल काठमाडौं र तानसेन दुबै नगरमा छन् । यसको अर्थ दुई नगरबीच कुनै समयमा आत्मीय सम्बन्ध रहेको थियो भन्ने बुझिन्छ भन्नु हुँदै उहाँले  सम्बन्ध भनेको औपचारिक मात्र हुँदैनन्  अनौपचारिक  पनि हुन्छ र यो अनौपचारिक  सम्बन्ध नै हाम्रो लागि प्यारो छ भनि भन्नु भयो । मेयर शाक्यले हिजो तानसेन नगरको भ्रमण अवलोकनका क्रममा  यस्तो बताउनुभएको हो ।

तानसेनका नगरप्रमुख अशोककुमार शाहीले आफ्नो मन्तव्य राख्ने क्रममा तानसेनलाई    काठमाडौंले भाइ भनिँदिँदा तानसेनलाई गौरव लागेको छ त्यसैले हामीले काठमाडौंलाई मितेरी साइनोका लागि अनुरोध गरेका छौं  भनि भन्नु भयो र उहाँले संघीय प्रणालीमा स्थानीय सरकारलाई गोलमटोल गरेर हेर्न नहुने बताउनुभयो । तर अहिले स्थानीय सरकारलाई कमजोर मात्र देखाउने चरित्र बढेको छ । यो संघीयताका लागि पटक्कै राम्रो होइन भन्ने कुरामा उहाँले जोड दिनु भयो ।

टाढाबाट देखेका र टेलिभिजनमा हेरेर काठमाडौं नगरका प्रमुखलाई आफैंले स्वागत गर्न पाएको आफू खुशी भएको बताउँदै तानसेन नगरकी उपप्रमुख लक्ष्मीदेवी पाठकले सहरी विकासमा आफूहरु उत्साहित भएको बताउनुभयो ।

भेटका क्रममा काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, महानगरका प्रवक्ता ईश्वरमान डंगोल, दुवै नगरका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुको सहभागिता थियो ।

भेटपछि पाल्पा दरबार र श्री ७ रणउजेरिश्वरी भगवती मन्दिर क्षेत्रका भ्रमण अवलोकन गरेर पुननिर्माणका विषयमा जानकारी लिइएको थियो । त्यस क्रममा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने मेयर शाक्य नेतृत्वको प्रतिनिधि मण्डललाई दरवार पुननिर्माणका विषयमा जानकारी गराउनुभएको थियो ।

Categorized in राष्ट्रिय