STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भवन अभाव

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १२, बिहिबार

इञ्जिनीयरिङ पढ्ने विद्यार्थीको केन्द्रका रुपमा रहेको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसलाई अहिले भवनको अभाब भएको छ । क्याम्पसको आय ज्यादै कम र नेपाल सरकारबाट पनि कम मात्र बजेट विनियोजन हुँदा भवन निर्माण गर्न नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । भवन अभावका कारण उक्त क्याम्पसलाई नयाँ सङ्काय खोल्न वा सिट सङ्ख्या थप्न समस्या भएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । समयको मागअनुसार विषय र सङ्काय थप्नुपर्ने भए पनि भवन अभावले गर्दा थप्न नसकिएको उहाँको भनाइ थियो । “हामीले यहाँ सिट बढाउन नसक्दा त्यसको मार विद्यार्थी र अभिभावकलाई परेको छ”, सहायक क्याम्पस प्रमुख दुवाले भन्नुभयो, “विद्यार्थीहरु चर्को शुल्क तिरेर निजीमा जान बाध्य छन् ।” भवन अभावकै कारण भूकम्पले क्षति पुगेका पुरानो भवनलाई मर्मत मात्रै गरेर बस्नु परेको जानकारी दिँदै उहाँले राणाकालीन यो भवन विसं २०७२ को भू्कम्पले क्षति पु¥याएकाले प्रशासनिक कार्यालयहरु रहेको भवनको भित्री भागमा मात्रै मर्मत गरेर सञ्चालनमा ल्याइएको छ, उक्त भवन पुनर्निर्माण गर्नुपर्ने भए पनि क्याम्पसको आयस्रोतले नभ्याउने र नेपाल सरकारले पुनर्निर्माणका लागि रकम दिएको छैन भन्नुभयो । यो क्याम्पसमा छ वटा सङ्काय रहेकामा स्नातक तहमा रासायनिक इञ्जिनीयरिङ र स्नातकोत्तरमा रेलवे इञ्जिनीयरिङ विषय थप गर्ने क्याम्पसको योजना छ ।
Categorized in राष्ट्रिय