पूर्व डिआइजी रमेश खरेलले काठमाडौंकाे मेयरमा लड्ने !
Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १६, बुधबार
काठमाडौं - नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् ।
३० वैशाखमा हुने स्थानीय तहको चुनावमा खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका हुन् । त्यसका लागि आन्तरिक छलफलमै रहेको खरेलले बताए ।
‘काठमाडौं देशको राजधानी हो । अहिलेको अवस्था हेर्ने हो भने काठमाडौंको जनजीवन अस्तव्यस्त छ,’ खरेलले भने, ‘त्यसकारण हामीले आँट गर्नैपर्छ । त्यो हाम्रो पार्टीका तर्फबाट र अन्य शुभचिन्तकबाट आएको छ । औपचारिक निर्णय भने हुन बाँकी छ ।’
खरेलले पुसमा मात्रै नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए । व्यवसायिक प्रहरी अधिकारीका रूपमा दरिएका खरेलले सर्वेन्द्र खनाल आईजीपीमा नियुक्त भएसँगै राजीनामा दिएका थिए ।


