STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेट्राेल खन्याउने क्रममा आगलागी

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ४, मंगलबार

बुटवल - रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ अन्चरलपुरमा रहेको एभरेष्ट पेट्रोल पम्पमा पेट्रोल खन्याउने क्रममा साेमबार साँझ आगलागी भएको छ ।

लु २ ख १५४१ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा साँझ करिब साढे ७ बजेतिर आगलागी भएको रुपन्देही प्रहरीका प्रवक्ता एवं डिएसपी खड्कबहादुर खत्रीले बताए ।

आगलागीबाट ट्यांकर पूर्णरुपमा नष्ट भएको र ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।आगलागी भएलगत्तै सुरक्षाकर्मी नियन्त्रणका लागि खटेका थिए । आगोलाई बुटवल उपमहानगर, सिद्धार्थ नगरपालिका र लुम्बिनी सांस्कृतिक नगपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको छ । 

समयमै सूचना भएकाले थप क्षति हुन नपाएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी खत्रीले बताए । आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते भएका उनले बताए ।

Categorized in अपराध-दुर्घटना