STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न विद्यार्थी संगठनको माग

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक १४, आइतबार

१३ कार्तिक २०७८ - काठमाडौं - पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न विद्यार्थी संगठनले सरकारसँग माग गरेका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लगातार मुल्यवृद्धि गरेको कारण आम विद्यार्थी मर्कामा परेको भन्दै फिर्ता गर्न सरकारसँग माग गरेका हुन्। 

चाडपर्वको समयमा पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा मूल्यवृद्धि गरिएको भन्दै फिर्ता गर्न माग गरिएको क्रान्तिकारी मओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले बताए।

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर, नेत्रविक्रम चन्द विप्लवनिकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी मओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

Categorized in राजनीति