STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे, पेट्रोलमा २ र ग्यासमा २५ रूपैयाँ बढ्याे

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ८, मंगलबार

नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। निगमले डिजेल, मट्टितेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यासको भाउ बढाएको हो।  

पेट्रोल, डिजेल, मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँ वृद्धि गरेर प्रतिलिटर एक सय १३ बनाएको छ । यस्तै पेट्रोलको मूल्य एक सय ३० रुपैयाँ कायम गरेको छ। हवाई इन्धन आन्तरिकतर्फ लिटरको ८६ रुपैयाँ  र अन्तर्राष्ट्रिय उडानतर्फ लिटरमा १६ डलरले वृद्धि गरी नयाँ बिक्री मूल्य प्रति लिटर सात सय ७० प्रति किलोलिटर पुर्‍याएको छ। 

खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ वृद्धि गरेर सिलिन्डरको १४ सय ५० पुर्‍याएको छ। यो काठमाडौं उपत्यकाको मूल्य हो। वृद्धि भएको मूल्य सोमबार रातिबाट कार्यान्वनयमा आएको छ।

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ । 

Categorized in बिजनेस