STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पोखरामा टर्‍यो अर्को दुर्घटना, बुद्ध एयरमा गिद्ध ठोक्कियो

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण ९, मंगलबार

काठमाडौँ - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बुद्ध एयरको विमानमा चरा गिद्ध ठोक्किएको छ । हिजो आइतबार विमान अवतरण गर्न लागेको बेलामा गिद्ध ठोक्किएको तर विमान भने दुर्घटना हुनबाट जोगिएको बताइएको छ ।

विमानमा गिद्ध ठोक्किएर खसेको एउटा भिडियो सामाजिक सञ्जालमा देखिएको छ । ‘इस्सु ब्रो’ नामको फेसबुकमा सो भिडियो अपलोड भएको थियो । उनले उक्त भिडियो आइतबारको रहेको र संयोगवश गिद्ध ठोक्किएको घटना क्याच भएको बताएका छन् । साथै विमान सकुशल अवतरण भएको उनले जनाएका छन् ।

भिडियोमा विमानस्थल नजिकमा चराहरु उडिरहेको देखिएको छ । चराको बाक्लो गतिविधि विमानका लागि सुरक्षा चुनौती मानिन्छ । यद्यपि भिडियो आधिकारिकता पुष्टि भइसकेको छैन । यसमा अन्य केहीले कमेन्ट गरेर सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

गत माघ १ गते पोखरा विमानस्थलनजिकै तारा एयरको विमान दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा चालक दलसहित ७२ जना सवार रहेकोमा सबैको मृत्यु भएको थियो ।

Categorized in अपराध-दुर्घटना