STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पोखरामा ‘बहुसंस्कृति ग्राम’ बनाइने

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले साहित्य, कला र पर्यटनलाई जोड्दै सबै जातिको संस्कृतिको प्रतिविम्ब झल्कने उद्देश्य राखेर प्रदेश सरकारले पोखरामा ‘बहुसंस्कृति ग्राम’ बनाउन लागेको जानकारी दिनुभएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरद्वारा सञ्चालित सप्तरङ्ग महासङ्गीत यात्राको आज साँझ पोखरामा शुभारम्भ गर्दै उहाँले सामाजिक सद्भावलाई प्रवद्र्धन गर्न राष्ट्रिय एकताका साथ समृद्ध नेपाल निर्माण गर्न गण्डकी प्रदेश अग्रसर भएर काम गरिरहेको उल्लेख गर्नुभयो । ट्रान्सफरले सामाजिक सद्भाव र ऐक्यबद्धताका लागि यसअघि छ वटा प्रदेशमा साङ्गीतिक कार्यक्रम सम्पन्न गरिसकेको छ ।
Categorized in राष्ट्रिय