पोखरा–१८ को मतगणना पुनः गर्न अदालतको आदेश
Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २१, मंगलबार
पोखरा - उच्च अदालत पोखराले गएको वैशाख ३० गते सम्पन्न भएको पोखरा महानगरपालिका–१८ को मतगणना पुनः गर्न आदेश दिएको छ ।
अदालतले वडाध्यक्ष पदको पुनः मतगणना आगामी वैशाख २० गते गर्न आदेश दिएको छ ।
गएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा नेपाली कांग्रेसका शिव प्रसाद तिमल्सिना विजयी बनेका थिए । उनले एमालेबाट उम्मेदवार बनेका पुस्कल थापालाई ३ मतले हराएका थिए ।
तर, एमालेका उम्मेदवार थापाले मतगणनामा खसेको भन्दा मत कम देखिएको भन्दै पुनः दोहोर्याएर मतगणना गरि पाउ भन्दै गत जेठ १८ गते उजुरी अदालतमा दिएका थिए ।
त्यतिबेला कांग्रेसका तिमल्सिनाले १६४३ मत पाएर बिजयी घोषित भएका थिए एमालेका थापाले १६४० मत ल्याएका थिए ।
Categorized in राजनीति

