STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पोखरी पुनःनिर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २७, सोमबार

कास्कीको मादी गाउँपालिका–३ याङजाकोटमा गाउँको बीचमा रहेको प्राचीन ऐतिहासिक झयाली पोखरीको पुनःनिर्माण गरिएको छ । मादी गाउँपालिकाद्वारा करीब रु १५ लाख ४८ हजार ७०० को लागतमा पोखरीको पुनःनिर्माण गरी बीच भागमा भगवान बुद्धको मूर्ति स्थापना एवं चारैतिर तारबारले घेरिएको छ । पुनःनिर्माण एवं संरक्षण योजनामा स्थानीयको साथ सहयोगका कारण योजना तोकिएकै समयमा चित्त बुझ्दो रुपमा सम्पन्न भएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ९श्याम०ले जानकारी दिनुभयो । कतिपय अवस्थामा योजना र पैसा मात्रै भएर काम सम्पन्न नहुने बताउँदै उहाँले यसलाई सम्पन्न गर्न नेतृत्व गर्ने व्यक्तिको पनि त्यतिकै ठूलो भूमिका रहने उल्लेख गर्नुभयो । आगामी दिनमा याङजाकोटमा लाग्ने बुद्धजयन्ती मेलामा पोखरीको बुद्ध मूर्तिमा पूजा गरेर मेला शुरु गर्न सकिने उहाँको भनाइ छ । पोखरीमा रङरोगन गरी अझै सुन्दर बनाउने काम बाँकी रहेको बताउँदै उहाँले आगामी दिनमा पोखरीको वरिपरि बाटो ढलान गर्ने, फूल रोप्ने, बत्ती जडान गर्नेलगायतका काम गरिने जानकारी दिनुभयो । झयाली पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य गुरुङले ऐतिहासिक पोखरी पुनःनिर्माणसँगै यसले यहाँको सुन्दरता थपेको र पर्यावरणीय संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
Categorized in राष्ट्रिय