प्रचण्डका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २२, बिहिबार
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ।
प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको हो। काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जोखिममा रहेकाहरुको परिक्षण बढाइन थालेको छ ।
सरकारी कार्यालय र विशिष्ट ब्यक्तिहरुको निवासमा पनि परिक्षण बढाइएको हो । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार सुरक्षाकर्मीहरुलाई कोरोना पुष्टि भए पनि प्रचण्ड परिवारका सदस्यहरुको भने रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।
बुधबार मात्रै प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवमा पनि कोरोना देखिएको थियो। उनले काठमाडौंमा आएर गृहमन्त्री र प्रधानमन्त्रीसहितलाई भेटेर आइतवार जनकपुर फर्किएका थिए ।
यस अघि सभामुख अग्नी सापकोटाको सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । तर अग्नी सापकोटाको स्वाव परिक्षण गर्दा उनको परिणाम नेगेटिभ आएको थियो ।
Categorized in राजनीति