STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रचण्डबाट रोकिएको स्थायी कमिटी बैठक सुचारू

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १३, मंगलबार

काठमाडाैं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकिएको स्थायी कमिटी बैठक पुनः सुचारू गरेका छन् । यसअघि प्रधानमन्त्री ओलीइतरका स्थायी कमिटी सदस्यहरूले बालुवाटारमा बैठक सुरू गरेका थिए। बैठकको बीचमै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए। स्रोतका अनुसार बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सरकारका केही मन्त्रीहरू पनि सहभागी भएको स्रोतले जानकारी दियो। उपाध्यक्ष गौतमले आजै पार्टी बिग्रह रोक्न भन्दै दुई अध्यक्षलाई ६ बुँदे सुझाव दिएका थिए। ओलीइतर समूहले उक्त बैठकमा २५ जना सदस्य सहभागी भएको बताए पनि ओली पक्षले भने त्यहाँ १७ जनामात्र सहभागी भएको दाबी गरेको छ।
Categorized in राजनीति