प्रचण्ड–माधव समूह अदालत र निर्वाचन आयोगलाई धम्क्याउँदैछ : ईश्वर पोखरेल
Janjati Khabar – Janjati Khabar | २०७७ माघ २३, शुक्रबार
काठमाडाैं – नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले अदालत र निर्वाचन आयोगलाई धम्क्याउँदै प्रचण्ड–माधव समूहले असंवैधानिक काम गरेको बताएका छन् ।
सर्वोच्च अदालतलाई प्रतिनिधिसभा पुनर्स्थापनाको दबाब दिँदै र निर्वाचन आयोगलाई निर्वाचन नगर्न धम्की दिँदै उनीहरुले असंवैधानिक काम गरेको पोखरेलको भनाइ छ ।
‘अदालतमा विचाराधीन मुद्दामा फैसलाको दाबी गर्दै र निर्वाचन आयोगलाइ निर्वाचन नगराउन धम्की दिँदै उनीहरुले असंवैधानिक काम गरिरहेका छन्,’ उनले भने ।
यो कामको जनतामाझ भण्डाफोर गर्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय लिनुको कारण विगतका संकल्प पुरा गर्नका निम्ति भएको उनको भनाइ छ ।
‘निर्वाचनमा विगतका जनतासमक्ष गरिएका संकल्पलाई बीचमै स्थगित गर्न खोजियो प्रधानमन्त्रीलाई काम गर्न दिइएन त्यसलै जनतामाझ जाने निर्णय भएको हो,’ पोखरेलले भने ।
उनले आफ्नै पार्टीले आधिकारिकता पाउने दाबी समेत गरेका छन्। ओली नेतृत्वको नेकपालाई आधिकारिकताका लागि कसैले रोक्न नसक्ने र सूर्य चिह्न पनि यही समूहको हुने उनको दाबी छ । सूर्य चिन्ह लिएरनै ताजा जनादेशमा जाने उनको भनाइ छ ।
Categorized in राजनीति

