प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दै
Janjati Khabar – Janjati Khabar | २०७७ पौष २०, सोमबार
काठमाडौं - प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दैछ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठक बस्न लागेको हो।
पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएका छन्।
प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक १ बजे बस्दैछ।
बैठकले आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने, एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्ने लगायतका एजेण्डा छन्।
Categorized in राजनीति

