STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रचण्ड-माधव समूहले आन्दोलनलाई थप सशक्त बनाउने

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १, बिहिबार

काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षको स्थायी समितिको बैठक बसेकाे छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय पेरिस डाँडामा आजबाट सुरु भएको बैठकमा काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा आगामी आन्दोलन कसरी अघि बढाउने, संगठन ब्यबस्थापन, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामको बारेमा छलफल गर्ने एजेन्डा रहेको बैठक पछि अध्यक्ष माधव नेपालले जानकारी दिए ।

संवाददाताहरु सँग कुरा गर्दै अध्यक्ष नेपालले ओली पक्षले निर्वाचन आयोगलाई आफ्नो दावी सहित पत्र बुझाउनुको कुनै अर्थ नरहेको प्रतिक्रिया पनि दिनुभएको छ । बिहीबारको बैठकमा नेकपाका प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा रिपोटिङ गरेका थिए ।

बैठक भोली शुक्रबार बिहान ११ पुनः बस्नेछ ।

Categorized in राजनीति