STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रतिपक्षमा बस्दै प्रधानमन्त्रीलाई विश्वासको भोट नदिने नाउपाका सांसदको विज्ञप्ति

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २९, मंगलबार

काठमाडौं - नागरिक उन्मक्ति पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिन निर्देशन दिएलगत्तै बहुमत सदस्यले विज्ञप्ति जारी गर्दै सरकारलाई समर्थन नगर्ने निर्णय गरेका छन्। 

संस्थापक सदस्य दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने र प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी दिएका छन्।

त्यस्तै सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने निर्णय भएको पण्डितको भनाइ छ।

पार्टी अध्यक्षले जारी गरेको ह्वीप मान्य नहुने नागरिक उन्मुक्तिका एक नेताले बताए। नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको प्रमुख सचेतक गंगाराम चौधरी रहेको भन्दै अध्यक्षको ह्वीप नलाग्ने ती नेताको भनाइ छ।

null

 

Categorized in राजनीति