प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, कांग्रेस पहिलाे दल
Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १९, सोमबार
काठमाडाैं - प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा सार्वजनिक भइसकेको छ । आयोगको विवरणअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ ।
त्यस्तै, नेकपा (एमाले) ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी, नेपाल (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी सात/सात सिटमा विजयी भएका छन्
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा नेपाल, मजदुर किसान पार्टी र जनमत पार्टी एक/एक स्थानमा विजयी भएका छन् । यस्तै, प्रतिनिधि सभामा पाँच स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
आयोगको पछिल्लो तथ्याङ्कअनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १२ राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचन हुने व्यवस्था छ ।
Categorized in राजनीति

