STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदुषणको असर मानसिक रोग देखि मुटुरोग सम्म, मर्निङ वाक नजान विज्ञको सुझाव

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १९, मंगलबार

काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा वायु प्रदूषणले खतराको तह पार गरिसकेको छ । काठमाडौंको रत्नपार्क लयायत सौराहा, नेपालगञ्ज लगायतका स्थानमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको तह पार भएको हो । चिसो मौसममा गर्मीको समयमाभन्दा धेरै वायु प्रदूषण हुने भएकाले जानकारहरु प्रदूषणबाट जोगिन आफैंले सतर्कता अपनाउनु पर्ने बताउँछन् । प्रदूषण धेरै हुने समयमा सकेसम्म बाहिर धेरै नहिँड्ने, मास्कको प्रयोग गरेर हिँड्ने, सकभर हिउँदभर मर्निङ वाकमा नजाने जस्ता उपाय गरी प्रदूषणबाट जोगिन सक्ने जानकारहरुको सुझाव छ । विश्व स्वास्थ्य संगठनले देशका विभिन्न स्थानहरुमा हावाको गुणस्तरको मापदण्ड तय गरेको छ । यसमध्ये काठमाडौंमा १० माईक्रोग्राम प्रतिघनमिटरसम्मको अवस्थालाई सामान्य मान्ने गरिन्छ । संगठनको मापदण्ड अनुसार एक नाइट्रोनभन्दा साना धुलाका कण भएको हावालाई पिएम १ भनेर चिनाउने गरिन्छ । पार्टिकुलेट म्याटर २।५ युक्त हावा ४० माईक्रोग्राम प्रतिघनमिटरभन्दा धेरै हुन नहुने गरी संगठनले मापदण्ड तोकेको छ । तर, तिहारपछि हरेक दिन काठमाडौंको वायुप्रदूषणले मापदण्ड नाघेको छ । हिउँदमा ‘मर्निङ वाक’मा जानु घातक वातावरण स्वास्थ्य सम्बन्धी जानकारहरु काठमाडौंको समयमा ‘मर्निङ वाक’मा निस्कनु स्वास्थ्यको लागि हानिकारक हुने बताउँछन् । काठमाडौंको भौगोलिक अवस्था र प्रदूषणका कारण जाडो मौसममा मर्निङवाकमा जाँदा प्रदूषित हावाका कारण विभिन्न किसिमका स्वास्थ्य समस्याहरु निम्तिने चेतावनी उनीहरुले दिएका छन् । हिउँदमा किन विद्यालय जान मान्दैनन् बच्चाहरु  अरु समयको तुलनामा बच्चाहरु हिउँद महिनामा विद्यालय जान मान्दैनन् । त्यो चिसोका कारण नभएर प्रदूषणको कारण भएको डा। जोशीको बुझाई छ । अहिले बच्चाहरुमा डिप्रेसनको समस्या समेत देखिन थालेको छ । प्रदूषणले धेरै किसिमका मानसिक रोग निम्त्याउँछ । प्रदूषणकै कारण धेरै रिस उठ्ने समस्या पनि हुन्छ । साथमा गर्भवती महिलाका कारण पछि जन्मिने बच्चाहरुको मस्तिस्क समेत कमजोर हुने गर्छ । गर्भवती महिलाको पाठेघर भित्र धुलो प्रवेश गर्‍यो भने त्यसले जन्मिने बच्चालाई समेत गम्भीर समस्या निम्त्याउने उनले जानकारी दिए । त्यस्तै, प्रदूषणका कारण वयस्कहरुमा ‘प्रि(म्याचुयर्ड मोर्टालिटी’ अर्थात् समय अघि नै मृत्युहुने समस्या देखिन्छ । नेपालीहरुको औषत् उमेर ७२ वर्ष भएपनि यही कारणले ६५र६६ वर्षमा नै धेरैको ज्यान जाने सम्भावना समेत रहेको जोशीले बताए ।
Categorized in राष्ट्रिय