STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेशको स्थायी राजधानी र नामाकरणमा नेकपाले ह्विप लगाउन सक्ने

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १९, सोमबार

प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धी पेश भएको प्रस्तावबारे छलफल गर्न सत्तारुढ दल नेकपाले संसदीय दलको बैठक बोलाएको छ । 

१७ असोजमा मुख्यमन्त्री निवासमा भएको संसदीय दलको बैठकमा आफ्ना धारणा राख्न नपाएका सांसदहरुलाई छफलमा सहभागी गराउने उद्देश्यले दलको बैठक आव्हान गरिएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले बताए । 

बैठकले नेकपा सांसदहरुलाई ह्वीप लगाउने निर्णय गर्नसक्ने छ । यसअघि ह्वीप लगाउन सक्ने निर्णय गरेपनि नेकपाले राजधानी र नामबारे ह्वीप जारी गर्ने जानकारी सांसदहरुलाई गराएको छैन ।  

यता गएराति मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुुंगामुढा गरेपछि आज सुरक्षा व्यवस्था अझ कडा पारिएको छ । 

संसद भवन बाहिर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने मुख्य चोक तथा मन्त्रालयहरुमा पनि सुरक्षा सर्तकता बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Categorized in राजनीति