STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेशसभाबाट पाएको सेवा सुविधा सामाजिक काममा काङ्ग्रेस नेता विन्दकुमार थापा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १८, सोमबार

नेपाली काङ्ग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले प्रदेशसभा सदस्यवापत प्राप्त गरेको एक वर्षको मासिक पारिश्रमिक एवं बैठक भत्ता र अन्य सुविधा सामाजिक काममा खर्चिनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा थापाले विसं २०७४ माघ महीनादेखि २०७५ माघसम्म आफ्नो खातामा प्रदेशसभाबाट आएको जम्मा रु सात लाख नौ हजार १३५ सहित सामाजिक काममा रु १० लाख ५४ हजार ६५५ खर्चेको जानकारी दिनुभयो । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न विद्यालय, क्लब, मठमन्दिर, बाजा समूह, टोल विकास संस्था आदिमा आफूले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । यसका साथै आफ्नो पहलमा सङ्घ एवं प्रदेश सरकारबाट नमूना सडक, कृषि, बाटोघाटो, शिक्षण संस्थामा प्रयोगशाला लगायतमा विभिन्न योजना समावेश गरिएको उहाँले बताउनुभयो । विकास निर्माणमा यो वा त्यो पार्टी नभनी सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उहाँले प्रदेशसभाको निर्वाचन पछिको १६ महीनामा जनताका अपेक्षा पूरा हुन नसक्दा उनीहरूमा निराशा बढ्दै गएको उल्लेख गर्नुभयो ।
Categorized in राष्ट्रिय