STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेशसभा सचेतकको घरमा आक्रमण

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३१, शुक्रबार

प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति अज्ञात समूहले आक्रमण गरेको छ । प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उहाँ चढ्ने लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिनुभयो । राति करीब २ः३० बजेको समयमा मोटरसाइलमा आएको अज्ञात समूहले उक्त आक्रमण गरेको उहाँले बताउनुभयो । [caption id="attachment_19239" align="alignnone" width="900"] नेता ढकाल गम्भीर बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएको छ । सैनामैना–८ रामापुर कलौनीस्थित ढकालको घरमा पत्नी, बुबा–आमालगायत हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले नेता ढकालको घरमा राति अज्ञात समूहले आक्रमण गरेको जानकारी दिनुभयो । अन्य विवरण आउन बाँकी रहेको प्रवक्ता भण्डारीले बताउनुभयो । रासस[/caption]
Categorized in अपराध-दुर्घटना