STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेश सरकारद्वारा विभिन्न योजनामा लगानी

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

मानव विकास सूचाङ्कका हिसाबले निकै पछि परेको पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकालाई चौतर्फी विकास गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले विभिन्न योजना अघि बढाएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा कार्यान्वयन गर्ने उद्देश्यअनुरुप शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पशु, खेलकूद र पूर्वाधार विकासअन्तर्गतका विभिन्न योजना अघि बढाएको हो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमदेखि अन्य चौतर्फी क्षेत्रमा प्रदेश सरकारका योजना कार्यान्वयनको चरणमा रहेका गाउँपालिकका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनभुुयो । प्रदेश सरकारले चालू आवमा यस क्षेत्रमा विभिन्न सडक सञ्जाल विस्तार, पर्यटन गुरुयोजना, कुस्ती खेल मैदान व्यवस्थापन गर्ने गरी करीब रु दुई करोड बराबरको आर्थिक लगानी गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । अन्य क्षेत्रसहित कृषि क्षेत्रलाई समेत विशेष प्राथमिकतामा राखिएको छ । विभिन्न योजनाअन्तर्गत सुस्ता वडा नं ४ नर्सहीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार स्थापना गर्ने कामको शुरुआत गरिएको छ । प्रदेश सरकारको मुख्य लगानीमा ग्रामीण क्षेत्रमा शीतभण्डार स्थापना भएपछि यस क्षेत्रका कृषक लाभान्वित हुने अपेक्षा गरिएको केरा उत्पादक सङ्घका अध्यक्ष लख्खुप्रसाद यादवले बताउनुभयो ।
Categorized in राष्ट्रिय