STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्रीसमक्ष सम्पत्ति फिर्ता पाउन उद्योगीको माग

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १०, शुक्रबार

नेपाल तयारी पोशाक सङ्घका पूर्वअध्यक्ष वृजगोपाल इनानीले आफ्नो स्वामित्वमा रहेको महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाइ आफ्नो सम्पत्ति फिर्ता गर्न सरकारसमक्ष माग गर्नुभएको छ । प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार एक ज्ञापनपत्र बुझाउँदै एशियन टेक्स्टाइल एण्ड गार्मेन्टस् काउन्सिलकासमेत पूर्वअध्यक्ष रहनुभएका इनानीले राष्ट्रिय वाणिज्य बैंकले आफ्नो उद्योगको सम्पूर्ण सम्पत्ति २०५८ सालदेखि कब्जा गरेकाले आफू मर्कामा परेको गुनासो गर्दै नेपाल सरकारबाट जाँचबुझ समिति गठन गरी सम्बन्धित दोषीमाथि कारवाही गरी आफ्नो सम्पत्तिको क्षतिपूर्तिसहित फिर्ता दिलाउन माग गर्नुभएको छ । सन् २००० मा स्थापना भएको आफ्नो सो उद्योगले अमेरिका र क्यानडामा नेपाली तयारी पोशाक ठूलो मात्रामा निर्यात गरी निर्यात ब्यापारमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै इनानीले बाणिज्य बैँकले आफूमाथि सिर्जना गरेको कृत्रिम ऋणसमेत तिर्न तयार हुँदा बैँकले स्वीकार नगरी आफ्नो सम्पत्ति हिनामिना गरेको आरोप लगाउनु भएको छ । उहाँले प्रधानमन्त्री कार्यालयबाट आफूले न्याय पाउने विश्वास व्यक्त गर्नु भएको छ ।
Categorized in राष्ट्रिय