STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री आज निर्वाचन आयोग जाँदै

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २७, मंगलबार

प्रधानमन्त्री केपी ओली आज (मंगलबार) निर्वाचन आयोग जाने भएका छन् । नेकपाको आधिकारिकता विवाद तथा सरकारले घोषणा गरेको निर्वाचनका सम्बन्धमा छलफलका लागि ओली आयोग जान लागेका हुन् ।

ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरिदिएपछि नेकपा दुई समूहमा विभाजित भएको थियो । राजनीतिक र व्यवहारिक रुपमा विभाजित भए पनि नेकपा कानूनी रुपमा भने अझै विभाजित भइसकेको छैन ।

नेकपाको आधिकारिकता कुन समूह (ओली या प्रचण्ड–माधव) ले पाउने भन्ने विषय छिनोफानो भइसकेको छैन । निर्वाचन आयोगमा दुवै समूहले नेकपाको आधिकारिकता दाबी गरिरहेका छन् ।

आज बिहान ११ बजे ओली निर्वाचन आयोगमा जाने उनको सचिवालयले जनाएको छ ।

Categorized in राजनीति