प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण सफल
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २१, बुधबार
ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा। अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।
उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।
ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।
Categorized in राष्ट्रिय


